Logo

सुतिरहेकी श्रीमतीलाई कोब्रा सर्पले टोकाएर हत्या गर्ने यी श्रीमान



Spread the love

२८ असोज, एजेन्सी । आफ्नी श्रीमतीलाई कोब्रा सर्पले टोकाएर हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका श्रीमानलाई जन्मकैदको सजाय सुनाइएको छ ।

भारतका सुरज कुमारले आफ्नी श्रीमतीको सर्पले टोकाएर हत्या गरेका थिए । उनले गत वर्ष यो अपराध गरेका थिए । सोही समयमा उनी प्रहरीद्वारा पक्राउ परेका थिए ।

उनले श्रीमतीको सर्पले डसेर मृत्यु भएको बताएका थिए । तर, मृतक उथ्राका आफन्तहरूले प्रहरीमा उनको हत्या भएको हुनसक्ने भन्दै जाहेरी दिएपछि प्रहरीले अनुसन्भान सुरू गरेको थियो ।

प्रहरीले अनुसन्धानबाट सुरजले श्रीमतीलाई दाइजोको निहुमा सँधै दुर्व्यवहार गर्ने गरेको पनि पत्ता लगाएको छ ।

सोमबार भारतीयले अदालतले श्रीमती सुतेको बेडमा कोब्रा सर्प लगेर छोडेकोमा उनलाई दोषी ठहर गरेको छ । २५ वर्षीया उथ्रा गत वर्ष घरमा नै मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रहरीले सुरजलाई सर्प समातेर उनकी श्रीमतीको बेडसम्म पुर्याउन सहयोग गर्ने व्यक्तिलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले यस्तो प्रकृतिको अपराध विरलै हुने बताएको छ । मृतकका आफन्तले भने सुरजालई मृत्यु दण्ड दिनुपर्ने माग गरेका थिए । तर, वकिलले भने यो असामान्य अपराध भएका कारण दोहोरो जीवनकैदको फैसाला सुनाएका थिए ।

दोषी सुरजलाई अदालतले ५ लाख भारतीय रकम क्षतिपूर्ति तिर्न समेत आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्