Logo

साफ च्याम्पियनसिपको फाइनल आज, इतिहास रच्ने दाउसहित भारतको सामना गर्दै नेपाल



Spread the love

३० असोज, काठमाडाैँ । १३औं साफ च्याम्पियनसिपको उपाधिको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि आजको खेलमा चीरप्रतिद्वन्द्वी भारत र नेपालले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो भने भारतले ७ पटक यो प्रतियोगिताको उपाधि जितिसकेको छ ।

नेपाल २ जित, १ बराबरी र १ पराजयको नतिजासहित फाइनलमा पुगेको हो । त्यस्तै, भारत भने पहिला २ खेल बराबरी र अन्तिम २ खेलमा जित हात पार्दै फाइनलमा पुगेको हो ।

पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाएको नेपालको उपाधि जितेर अर्को इतिहास बनाउने लक्ष्य हुनेछ ।

नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार आज राती ८ः ४५ बजेबाट सुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्