Logo

पछिल्लो २४ घण्टामा थपिए १०९६ कोरोना संक्रमित



Spread the love

२ कात्तिक, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

९ हजार ९ सय १६ पीसीआर परीक्षण गर्दा ९ सय ५७ जना र १ हजार १ हजार ७ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १३९ गरी १ हजार ९६ जनामा संक्रमण देखिएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट १ हजार ४ जना निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्