Logo

मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेलगत्तै रोकियो प्रदेशसभा बैठक



Spread the love

५ कात्तिक, काठमाडौँ। शुक्रबार प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेलगत्तै प्रदेशसभा बैठक स्थगित भएको छ । उनले विश्वासको मतका लागि प्रस्ताव पेश गरेलगत्तै प्रदेशसभा बैठक स्थगित भएको हो।

मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी थप प्रक्रिया आइतबार बस्ने बैठकमा हुने जानकारी गराए ।

उनले आइतबार दिउँसो १२ः ३० बजे बस्ने बैठकमा छलफल हुने भन्दै बैठक स्थगित गरिएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्