Logo

देशभर ५१३ जनामा कोरोना संक्रमण, थप कतिले गुमाए ज्यान ?



Spread the love

६ कात्तिक, काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर ५१३ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार ९३१ वटा नमूनाको परीक्षण गर्दा ५१३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो चौबीस घण्टामा ८ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सो अवधिमा ८१७ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्