Logo

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिदैँ भनिन् , ‘सबै दल मिलेर अघि बढौँ ‘



Spread the love

१० कात्तिक, काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने आधार नभएपछि राजीनामा दिएकी हुन् ।

उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् । त्यस्तै उनले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको बताइन् ।

शाक्यले प्रदेशसभामा ४ कार्तिकमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा आजै मत विभाजन हुने कार्यसूची थियो । तर मतदान प्रक्रियामा नगइ उनले राजीनामा दिएकी हुन्।

विपक्षी गठबन्धनमा बहुमत भएसँगै एमाले सरकार बागमती प्रदेशमा ढलेको हो।

प्रतिक्रिया दिनुहोस्