Logo

खर बाँध्न गएकी महिलाको भीरबाट लडेर मृत्यु, पूर्णिमामा सहभागी भएर फर्किएका पुरूष बेपत्ता



Spread the love

११ कार्तिक, बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन् । बडिगाड–५ दागाका ४६ वर्षीया देवी गुरुङ खरबारीमा खर बाँध्ने क्रममा चिप्लिएर लडेर मृत्यु भएको हो ।

उनि २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार बडिगाडकै अर्का एक पुरुष भिरबाट लडेर बेपत्ता हुनुभएको छ । दसैँको अवसरमा बुर्तिबाङमा लागेको पूर्णिमामा सहभागी भएर फर्किने क्रममा बडिगाड गाउँपालिका–९ बस्ने २८ वर्षीय शङ्कर परियार भिरबाट लडेर बेपत्ता भएका हुन् ।

ढोरपाटन नगरपालिका–२ सिमलचौरदेखि मालरानी जाने गोरेटो बाटोको भिरबाट खसी बडिगाडखोलामा उनि बेपत्ता भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । उनको खोला किनारमा खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्