Logo

चोरिएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण



Spread the love

१२ कार्तिक, काठमाडाैँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएका २३ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। जसमा १५ वटा मोटरसाइकल र ८ वटा स्कुटर रहेका छन्।

उपत्यकामा हुने सवारीसाधन चोरी घटनालाई न्युनीकरण एवं नियन्त्रण गर्न ट्राफिक प्रहरीले विशेष टोली परिचालन गरेको छ। सवारी धनीले ट्राफिक महाशाखामा दिएको हुलिया निवेदनका आधारमा टोलीले मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाउने गरेको छ। ट्राफिक प्रहरीले चोरीमा संलग्नहरुलाई नियन्त्रणमा लिई कारबाहीसमेत गर्दै आएको छ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले हराएका मोटरसाइकल खोजतलास एवं चोरी नियन्त्रण गर्न निरन्तर लागिपरेको बताउँदै मोटरसाइकल हराउनै नदिनको लागि सबैको सहयोग र हातेमालोको खाँचो रहेको औंल्याए।

प्रतिक्रिया दिनुहोस्