Logo

समाजबादी फोरम र सरकारबिच वार्ता हुदै



Spread the love

संघीय समाजवादी फोरम र सतारुढ बाम गठबन्धनबीच आज पनि वार्ता हुने भएको छ। फोरमले आज दिउसो सत्तारुढ दल माओवादी केन्द्र र एमालेसँग ११ बजे सिंहदरवारमा वार्ता गर्दैछ ।  प्रधानमन्त्रि केपी ओलीले तेस्रो पटक मन्तिमंडल बिस्तार गर्ने बेला समेत सहभागी नभएको फोरमले संबिधान संशोधन र मन्त्रालयको बारेमा एमाले र माओबादी केन्द्रसँग लिखित सहमति बारे स्पस्ट हुन चाहेको छ। यसका लागि हिजो पदाधिकारीको बैठकबाट सरकारमा जाने निर्णय भने गरिसकेको छ। सरकारले त्यसका लागि राज्यमन्त्री सहित शहरी विकास र स्वास्थ्य मन्त्रालय छुट्याएर राखेको छ । तर फोरमले तीन मन्त्रालय मागरिहेको छ ।

फोरमका लागि दुईवटा मन्त्रालय छुट्याएर राखे पनि सविधान संशोधन लगायत मधेसका अन्य मुद्दामा भने वाम गठबन्धन र फोरमबीच अहिलेसम्म कुनै लिखित सहमति भने भएको छैन ।

सविधान संशोधन कसरी गर्ने ? के के विषयमा गर्ने ? त्यसको सुनिश्चितता र प्रतिबद्धता फोरम नेपालले लिखित रुपमा खोजेको छ ।  सविधान संशोधनमा एमालेले सैद्धान्तिक सहमति जनाएको छ तर लिखित सहमति गरेको छैन ।

सरकारमा सहभागिताका लागि वाम गठबन्धन र फोरम नेपालबीच यसअघि पनि पटक पटक पनि वार्ता भइसकेको छ । यसअघि भएका वार्ताबाट निष्कर्ष निक्लिन सकेको थिएन । प्रम ओली र बाम गठबन्धनले भने सरकार विस्तार चाडै गर्न चाहन्छन।

प्रतिक्रिया दिनुहोस्