Logo

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीद्वारा राजिनामा दिने घोषणा



Spread the love

१५ कार्तिक, कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले राजिनामाको घोषणा गरेका छन् । उनले सोमबार प्रदेशबासीको नाममा सम्बोधन गर्दै राजिनामाको घोषणा गरेका हुन् ।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सरकारको नेतृत्वमा आलोपालो गर्ने सहमति भए अनुसार उनले राजिनामा दिएका हुन् । माओवादी केन्द्र र नेपाली कांग्रेसबीच माओवादीले कार्तिक १५ गतेसम्म सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।

अब कर्णालीको मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बन्ने भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्