Logo

बारको धर्नामा प्रहरीको हस्तक्षेप, वकिल र सुरक्षाकर्मीबीच धक्कामुक्की



Spread the love

२५ कात्तिक, काठमाडौँ । नेपाल बार एसोसिएसनका वकिल र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका वकिहरुले अदालतभित्रै आन्दोलन गर्न पाउनुपर्ने भन्दै भित्र प्रवेश गर्न थाल्ने क्रममा प्रहरीसँग धकेलाधकेल भएको हो ।

प्रहरीसँगको धक्कामुक्कीमा नेपाल बार एसोसियसनका महासचिव लीलामणि पौडेल सामान्य घाइते भएका छन् । अहिले स्थिति सामान्य भएपनि वकिलहरुले नाराबाजी जारी राखेका छन्।

जबराको राजीनामाको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको बारले बिहान १० बजेदेखि कालोपट्टी बाँधेर धर्ना दिइरहेको छ ।

वकिलहरुले करिब दुई हप्तादेखि बहस बहिष्कार गर्दै आन्दोलित छन्। उनीहरुले प्रधान्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताए।

प्रतिक्रिया दिनुहोस्