Logo

वडाध्यक्ष र जनप्रतिनिधिलाई ‘छोटे राजा’ भन्दै गाली गर्नेलाई वडाले सबै सुविधाबाट वञ्चित गर्ने



Spread the love

२६ कार्तिक, सल्यान । वडा अध्यक्ष र अन्य जनप्रतिनिधिलाई गाली गरेको भन्दै सल्यानको बागचाैर नगरपालिकाको ४ नं वडा कार्यालयले एक व्यक्तिलाई सबै प्रकारका सेवा तथा सुविधाबाट वञ्चित गरेको छ ।

फेसबुकमा बागचाैर नगरपालिका वडा नं. ४ सिमखोली निवासी दिल बहादुर केसीलाई गल्ती नसच्याएसम्म वडा कार्यालयले सबै प्रकारका सेवा तथा सुविधाबाट वञ्चित गर्ने विज्ञप्ती नै जारी गरेर जानकारी दिएको हो ।

उनले वडा अध्यक्ष र अन्य जनप्रतिनिधिलाई ‘छोटे राजा’को संज्ञा दिँदै सामाजिक सञ्जालमा चरित्र हत्या गरेको वडा कार्यालयले आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्