Logo

गुल्मीमा ७० दिन पछि जबरजस्ति करणीका आरोपित पक्राउ



Spread the love

२७ कार्तिक, गुल्मी । गुल्मीमा झण्डै ७० दिन पछी जबरजस्ति करणीका आरोपित पक्राउ परेका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका -८ बस्ने शुरेश भन्ने चन्द्र सार्की शुक्रबार पक्राउ परेका हुन् । गएको भदौ १७ गते मुसिकोट नगरपालिकाकी ३१ वर्षीया महिलालाई जबरजस्ति करणी गरेको आरोपमा सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम पाण्डेले बताए ।


जबरजस्ति करणी गरि फरार रहेका सार्कीलाई खोजतलासको क्रममा मुसिकोट नगरपालिका -८ बाट (हिजो) शुक्रबार पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको गुल्मी प्रहरीले बताएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्