Logo

आन्दोलन छाडेर संवादमा आउन प्रधानन्यायाधीश जबराको आग्रह



Spread the love

२९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गरेका छन् ।आज विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आन्दोलन छाडेर संवादमा आउन आह्वान गरेका हुन् ।

उनले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि आह्वान गरेका छन् ।

नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरु कात्तिक १४ गतेदेखि आन्दोलनरत छन् ।

प्रतिक्रिया दिनुहोस्