Logo

प्रधानन्यायाधीश राणाले ३ गतेभित्र राजीनामा नदिए थप आन्दोलित हुने बारको चेतावनी



Spread the love

१ मंसिर, काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ । तीन गतेसम्म पनि राजिनामा नआए देशभरका न्यायापालिकामा आन्दोलनलाई थप ससक्त बनाउने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

बुधबार बारको कार्यालय परिसरमा उनले राजिनामा मात्रै होइन बिकृती नहट्दासम्म आन्दोलन जारी रहने बताए ।

यस्तै, जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले आज नाराबाजी गर्दै सर्वोच्च अदालत परिक्रमा गरेका छन् ।

उनीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नाराबाजी गरेका हुन् । ‘चोलेन्द्र शम्सेर राजीनामा दे’, ‘बार एकता जिन्दावाद’ लगायतका नारा उनीहरुले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्