Logo

गुल्मीका चारवटै प्रदेशसभामा अधिवेशन सम्पन्न , को-को बने सभापति ?



Spread the love

४ मंसिर, गुल्मी । नेपाली काग्रेंसको १४ औँ महाधिवेशन अन्तर्गत गुल्मीका चारै वटा प्रदेशसभाका निवार्चन क्षेत्रमा अधिवेशन सम्पन्न भएको छ ।
चार वटा प्रदेश क्षेत्र रहेको गुल्मी जिल्लामा नेपाली काग्रेंसले तीन वटा क्षेत्रमा निवार्चन मार्फत नेतृत्व चयन गरेको छ भने एउटा क्षेत्रमा सर्वसम्मतले नेतृत्व चयन गरिएको छ ।

गुल्मी निवार्चन क्षेत्र नम्वर १ प्रदेश (क) बाट लोक प्रताप शाहलाई हराउँदै सन्तोष गौतम सभापतिमा निवार्चित भएका छन् भने (ख) बाट भरत भलामीलाई हराउँदै हरी प्रसाद अर्याल सभापति चयन भएका छन् । त्यस्तै, क्षेत्र नम्वर २ को (क) मा झबिन्द्र अर्याल सर्वसम्मतले सभापतिमा चयन हुँदा (ख) बाट रेखा कुमार जिसि सभापतिमा निवार्चित भएका छन् । जिसि रबिन्द्र घिमिरेलाई पराजित गर्दै सभापति चयन भएका हुन् ।

यता नेपाली कांग्रेस गुल्मीले निवार्चनलाई सकारत्मक रुपमा लिएको प्रतिक्रिया दिएको छ । प्रजातान्त्रिक परिपाटीमा निर्वाचन समान्य कुरा भएको नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्