Logo

देशभर थपिए २३८ कोरोना संक्रमित, ३७० जना निको भए



Spread the love

५ मंसिर, काठमाडौँ । देशभर थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार ८४५ पीसीआर परीक्षण गर्दा २३२ जना र १ हजार २७८ एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, पछिल्लो २४ घन्टामा ३७० जना संक्रमणमुक्त भएका छन्। हालसम्म ८ लाख ३५९ जना संक्रमित कोरोनामुक्त भएका छन्।

कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्