Logo

प्रधानन्यायाधीश राणाले तोके १२ इजलास, आफूलाई राखेनन् इजलासमा



Spread the love

६ मंसिर, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज १२ इजलास तोकेका छन् । एक एकल र ११ संयुक्त इजलासमा चार सय ५४ मुद्दाको पेसी तोकेका हुन् । प्रधानन्यायाधीश जबराले आफ्ना लागि भने इजलास तोकेका छैनन् ।

गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालय सुधारको माग राख्दै न्यायाधीशले इजलासमा बस्न इन्कार गरेका थिए । सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो भने गोला प्रणाली लागू गर्ने निर्णय भएपछि न्यायाधीश काममा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्