Logo

गुडिरहेको गाडीबाट लडेर विद्यार्थीको मृत्यु



Spread the love

८ मंसिर, धनुषा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केबरमा गुडिरहेको गाडी (विङ्गर) बाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना १ ज ७०४९ नं को विङगरको ढोका छेउबाट लडेर धनुषाधाम नगरपालिका–७ भगवानपुरी निवासी १८ वर्षीया पूजाकुमारी महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

महतो धनुषाको धारापानी बहुमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनरत्त रहेको जनाइएको छ । गुडिरहेको बेला ढोका छेउबाट लड्दा पूजाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्