Logo

भ्रम र प्रलोभनमा परेर पार्टी छाडेर गएकाहरू फर्किनुहोस् : केपी ओली



Spread the love

८ मंसिर, काठमाडाैँ । नेकपा (एमाल) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा सामेल हुन विभिन्न पार्टीमा रहेका कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालले साइबर सर्कल घोषणा कार्यक्रममा आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले भ्रम र प्रलोभनमा परेर पार्टी छाडेर गएकाहरूलाई पार्टीमा फर्कन पनि आग्रह गरे । उनले अहिलेको सत्ता गठबन्धन व्यक्ति विशेषको स्वार्थमा बनेकाले यो सफल नहुने जिकिर गरे । उनले एमालेको दशौँ राष्ट्रिय महाधिवेशनले एमालेलाई थप प्रभावकारी र सशक्त बनाउने उद्घोष गरे ।

प्रतिक्रिया दिनुहोस्