Logo

विश्वकप छनोट – मलेसियालाई पराजित गर्दै नेपाल शीर्षस्थानमा उक्लियो



Spread the love

१० मंसिर, काठमार्डाैँ । आइसिसी महिला टि २० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा ४ विकेटको क्षतिमा भेटायो । नेपालकी सीता रानामगरले सर्वाधिक ३० रन जोड्दा कप्तान रुविना क्षेत्रीले २० रनको योगदान दिइन्।

यसअघि, आईसीसी एकेडेमीको ग्राउण्डमा टस हारेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेटको नोक्सानीमा ९२ रन बनाएको थियो ।

मलेसियाका लागि सबभन्दा धेरै एलसा हन्टरले अविजित ३९ रन बनाइन् । मास एलीसाले १४ र युसरिना याकोबले १२ रनको योगदान दिइन्।

नेपालकी सबनम राईले दुई विकेट लिँदा सिता रानामगर, कविता कुँवर र कप्तान रुविना क्षेत्रीको नाममा समान एकएक विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्