Logo

देशभर २९८ कोरोना संक्रमित निको भए, ३ जनाको मृत्यु



Spread the love

१० मंसिर, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३०८ जना कोरोना संक्रमित थपिएका छन् । ७ हजार १ सय ४ जनाको पीसीआर परीक्षण गर्दा २८१ जना र १ हजार ८ सय ५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी ३०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २९८ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्