Logo

नेपाल यूएईसँग पराजित, विश्वकपमा पुग्ने सपना अधुरै रह्यो



Spread the love

१२ मंसिर, काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोट अन्तर्गत अन्तिम खेलमा नेपाली महिला क्रिकेट टोली यूएईसँग पराजित भएको छ। आइतबार नेपाली टोली यूएईसँग ४८ रनले पराजित भएसँगै नेपालको विश्पकप पुग्ने सपना फेरि अधुरै रहेको हो।

युएईले दिएको १२८ रनको लक्ष्य पछ्याएको नेपाल २ बल बाँकी छदा ७९ रनमै अलआउट भयो। नेपालका लागि इन्दु वर्माले सर्वाधिक १५ रन बनाउँदा सीता राना मगरले १३ रन बनाइन्। त्यसबाहेकका अन्यले दोहोरो अंकको रन जोड्न सकेनन्।

यसअघि, दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रन बनाएको थियो।

नेपाललाई पराजित गरेसँगै युएई भने एसिया छनोटबाट विश्व छनोटमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्