Logo

राप्रपा महाधिवेशन – प्रचण्डको उपस्थिती, प्रधानमन्त्री देउवा पनि सहभागी हुने



Spread the love

१५ मंसिर, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरू राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा भने सहभागी भएका छन् । काठमाडौंमा भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशनको जारी उद्घाटन समारोहमा दाहालसहित विभिन्न दलका नेताहरुको सहभागिता रहेको छ ।

राप्रपा महाधिवेशनमा दाहालसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा मालेका महासचिव सीपी मैनालीलगायतका नेता पनि उपस्थित छन् ।

त्यस्तै महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि उपस्थित हुने राप्रपाले जनाएको छ ।

राप्रपाको महाधिवेशनमा १५ देखि १७ गतेसम्म राजधानीमा चल्ने छ । जसमा कमल थापा र राजेन्द्र लिङदेन अध्यक्षमा भिड्र्दैछन् ।

प्रतिक्रिया दिनुहोस्