Logo

देउवा–सिटौलाबीच गठबन्धन, सभापतिमा बानियाँलाई प्रधानको समर्थन



Spread the love

१९ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बाग्मती प्रदेश सभापतिका उम्मेदवार भीमसेनदास प्रधान खुलेर इन्द्र बानियाँको पक्षमा समर्थन गरेका छन्। आइतबार एक सूचना जारी गर्दै प्रधानले मतदान नगरी सहमति कायम गर्न आग्रह गरे पनि बानियाँलाई समर्थन गर्ने संकेत गरेका छन् ।

तेस्रो धारका नेतृत्व गर्दै आएका नेता कृष्ण सिटौला पक्षले बानियाँको पक्षमा मत दिने भएपछि बागमतीमा पनि देउवा–सिटौला गठबन्धन भएको छ। सभापतिका तीन जना उम्मेदवारमा कुनैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्