Logo

भारतीय सेना प्रमुख र उनकी पत्नीको हेलिकप्टर दुर्घटनामा मृत्यु



Spread the love

२२ मंसिर, एजेन्सी । भारतीय सेनाप्रमुख विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ ।

रावतसहित उनको पत्नि मधुलिका र थप ११ जनाको निधन भएको छ । रावत सवार एमआई-१७भी५ हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो । रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् । यसअघि उनी भारतीय स्थल सेनाध्याक्ष रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्