Logo

नेपालमा एकैदिन थपिए ३५५३ कोरोना संक्रमित, २७१ कोरोनामुक्त भए



Spread the love

२९ पुस, काठमाडौं । देशभर एकैदिन ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १५०८१ जनाको नमुना परीक्षण गर्दा पीसीआर परीक्षणबाट २९२२ र एन्टिजेन परिक्षणबाट २७१ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, पछिल्लो २४ घन्टामा थप २७१ संक्रमित कोरोनामुक्त भएका छन् भने थप एक संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितको संख्या १४ हजार ३४० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्