Logo

१७ करोडमा बन्दै गरेको सरकारी भवन निर्माण सम्पन्न नहुँदै चर्कियो



Spread the love

३ माघ, सर्लाही । जिल्लाको हरिवन नगरपालिका–११ मा निर्माणाधीन भवन भर्किएको छ । नगर विकास कोषको भवन निर्माण सम्पन्न नहुँदै चर्किएको हो ।

नगर विकास कोषको रु १६ करोड ८६ लाखमा उक्त भवन बन्न लागेको हो । आर्थिक वर्ष २०७५÷७६ देखि उक्त भवन निर्माण थालिएको हो । आव २०७७÷७८ भवन निर्माण सम्पन्न गर्ने सम्झौता थियो । ठेकेदारले कमसल सामग्री प्रयोग गर्दा भवन चर्किएको स्थानीयवासी राजकुमार उप्रेतीले बताए ।

बिकोइ–धुलिखेन निर्माण सेवाले भवन निर्माणको ठेक्का पाएको हो । नगरपालिकाले भवन निर्माणको निरन्तर अनुमगन गरिरहेको हरिवन नगरपालिकाका नगर प्रमुख गणेशप्रसाद प्रसार्इंले बताए ।

प्रतिक्रिया दिनुहोस्