Logo

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई सङ्क्रमण



Spread the love

काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

मंगलबार पीसीआर परीक्षणको क्रममा उनलाई सङ्क्रमण पुष्टि भएको उनका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए । उनका अनुसार राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले बालुवाटारस्थित सरकारी निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् ।

रुघाखोकीजस्ता समस्या आएपछि उनि स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै केही दिन निवासमै आइसोलेशनमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्