Logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीले जलाए प्रधानमन्त्री देउवाको पुत्ला



Spread the love

६ माघ, काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन्। अनेरास्ववियु संगठनका विद्यार्थीले आज अस्कल क्याम्पस परिसरमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्।

विद्यार्थीहरुलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । विद्यार्थीहरुले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटिर ३/३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्