Logo

प्रार्थनास्थलमा भागदौड हुँदा २९ जनाको मृत्यु



Spread the love

६ माघ, एजेन्सी । लाइबेरियाको राजधानी मोन्रोभियामा भएको क्रिश्चियन प्रार्थना जमघटमा भएको झडपमा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ । घटनामा अन्य दर्जनौँ मानिस सख्त घाइते भएकोले मृतक सङ्ख्या बढ्न सक्ने प्रहरीले बिहीबार जनाएको छ ।

पश्चिम अफ्रिकी मुलुकका सञ्चार माध्यमका अनुसार आक्रमण स्थानीय समय अनुसार बिहीबार बिहानै भएको थियो ।

प्रहरी प्रवक्ता मोसेस कार्टरले एएफपीसँग भने, घटनामा २९ जनाको मृत्यु भएको छ भने भागदौडका क्रममा धेरै मानिसहरूको अवस्था गम्भीर भएकाले मृतक सङ्ख्या थप ‘बढ्न सक्ने’ देखिएको छ ।”

मृत्यु हुनेमा केही बालबालिकासमेत रहेका उनले बताए ।

घटना कसरी सुरू भयो विस्तृत विवरण प्राप्त हुन बाँकी छ । मोन्रोभियाको मजदुर वर्ग बसोबास गर्ने ‘न्यू क्रू टाउन’ नजिकैको फुटबल ग्राउण्डमा लाइबेरियामा ‘क्रुसेड’ भनेर चिनिने इसाईहरूको प्रार्थनाको लागि जमघट भएको समयमा भागदौड मच्चिँदा ठूलो मानवीय क्षति भएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्