Logo

एमालेको प्रेस वक्तव्य- मुलुक सङ्कटतिर धकेलिंदै, बहानाबाजी गरेर स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन



Spread the love

९ माघ, काठमाडौं । सरकारको ६ महीनाको समीक्षा गर्दै नेकपा (एमाले) ले विभिन्न कमजोरी औंल्याएको छ। आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस वक्तव्य जारी गर्दै मुलुक गहिरो सङ्कटतिर धकेलिंदै गएको जनाएका छन्।

सरकारको ६ महीनाको समीक्षा गर्न एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्ने तय भएको थियो। यद्यपि, ओलीलाई कोरोनाभाइरसको सङ्क्रमण भएपछि पत्रकार सम्मेलन स्थगित गरेर प्रेस वक्तव्य जारी गरिएको हो।

त्यस्तै, ओलीले स्थानीय तहको निर्वाचन सम्बन्धमा कुनै पनि अलमल, धोखा र बहानाबाजी स्वीकार्य नहुने जनाएका छन् ।
उनले भनेका छन्, ‘हाम्रो स्पष्ट अडान छ– यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन ।’

प्रतिक्रिया दिनुहोस्