Logo

नेपालमा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

१० माघ, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन विधिमार्फत् २१ हजार २०१ नमूनाको परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

सो अवधिमा देशभर गरी चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै, पछिल्लो २४ घण्टामा दुई हजार ५४० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्