Logo

देशभर थपिए १२ हजार ८ जना कोरोना संक्रमित, ३०४० संक्रमणमुक्त



Spread the love

११ माघ, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा तीन हजार ४० जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप आठजनासहित मृत्‍यु हुनेको कूल संख्या ११ हजार ६६७ पुगेको छ ।

त्यस्तै, काठमाडौं उपत्यकामा एकैदिन ६ हजार ११२ जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौंमा ४८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ संक्रमित देखिएका हुन्।

प्रतिक्रिया दिनुहोस्