
१२ माघ, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार मधेश प्रदेशमा सबैभन्दा बढी र कर्णाली प्रदेशमा सबैभन्दा कम जनसंख्या रहेको छ। मधेशमा ६१ लाख २६ हजार २८८ र कर्णालीमा प्रदेशमा १६ लाख ९४ हजार ८८९ रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
त्यस्तै, देशभरको जनसंख्या अघिल्लो जनगणनाको तुलनामा १० प्रतिशत हाराहारीले बढ्दा काठमाडौं महानगरको घटेको छ। काठमाडौं नेपालको सर्वाधिक जनसंख्या भएको महानगरपालिका हो। तर यसमा जनसंख्या ११.२३ प्रतिशतले घटेको छ।
काठमाडौं महानगरको जनसंख्या एक दशकमा घटेर ८ लाख ६५ हजार ९०६ मा झरेको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्