Logo

मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी



Spread the love

१३ माघ, रौतहट । भौतिक पूर्वधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध १ जना पूर्व सांसद्‌ले जाहेरी दिएका छन्। संविधान सभाका तत्कालीन सदस्य रणजित कर्णले राज्य विरुद्धको कसूर गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत् जाहेरी दिएका हुन्।

मन्त्री यादवले रौतहटको एक कार्यक्रमलाई सम्बोधन गर्दै गौर हत्याकाण्ड दोहोर्‍याउने धम्की दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्