Logo

देशभर थपिए ८०१७ कोरोना संक्रमित, १५ जनाको मृत्‍यु



Spread the love

१३ माघ, काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना पुष्टि भएको हो ।

सो अवधिमा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार १४३ जना कोभिड संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार ४०२, भक्तपुरमा २२० र ललितपुरमा ५२१ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्