Logo

देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता जारी



Spread the love

१४ माघ, काठमाडौँ । सत्तागठबन्धनका तीन नेताबीच बालुवाटारमा भेट भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता जारी रहेको स्रोतले जनाएको छ।

तीन नेताबीच स्थानीय तह निर्वाचन, हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्