Logo

नेपालमा थपिए ६ हजार ८२७ कोरोना संक्रमित, १० जनाको मृत्यु



Spread the love

१४ माघ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार ७ सय ९१ जनाको पीसीआर परिक्षण गराउदा ४ हजार ८ सय ७ र ६ हजार ७८ जनाको एन्टिजेन परिक्षण गर्दा २ हजार ३० गरि ६८ सय २७ जना संक्रमित थप भएका हुन् ।

यस अवधिमा १० जनाको मृत्यु भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २४ घन्टामा ५ हजार ४ सय ३२ जना संक्रमण मुक्त भएका छन् ।

काठमाडौं उपत्यकामा थप २ हजार ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा २ हजार १५३, भक्तपुरमा २६८ तथा ललितपुरमा ५१९ जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्