Logo

शहीदले गरेको त्याग र बलिदान कै कारण मुलुकमा राजनीतिक परिवर्तन सफल भयो – प्रधानमन्त्री देउवा



Spread the love

१६ माघ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदको बलिदानकै कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताएका छन्।

सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै व्यक्तिगत स्वार्थ नराखी शहीदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताए।

उनले शहीदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्