Logo

बालुवाटार प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता



Spread the love

१७ माघ, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सोमबार बिहान साढे १० बजे प्रचण्ड र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए।

भेटमा संसदको गतिरोध अन्त्य, एमसीसी, स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ ।

तर, एमसीसीबारे भने सत्तागठबन्धनभित्र विवाद चुलिएको छ। प्रधानमन्त्री देउवा एमसीसी संसद‍्बाट पारित गराउनुपर्ने पक्षमा छन्। प्रचण्ड र नेपाल भने परिमार्जनसहित पारित गर्नुपर्ने अडानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्