Logo

जेठ ४ गते स्थानीय तहको चुनाव गर्न प्रधानमन्त्री र आयोगबीच सहमति



Spread the love

१८ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच आउँदो जेठ पहिलो हप्ताभित्रै स्थानीय तहको चुनाव गर्ने विषयमा सहमति जुटेको छ । आज बालुवाटारमा भएको छलफलमा जेठ ४ मा निर्वाचन गर्ने सहमति जुटेको आयोगका एक पदाधिकारीले बताए ।

यसअघि प्रधानमन्त्री देउवाले आउँदो जेठ ५ गतेअघि नै स्थानीय तहको चुनाव हुने भन्दै तयारीमा जुट्न आफ्ना पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका थिए ।

गएको शनिवार बसेको सत्तारुढ गठबन्धनको बैठकले स्थानीय तहको चुनाव जेठभित्रै गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्