Logo

नेपालमा थपिए ५५८३ कोरोना संक्रमित, ९ जनाको मृत्यु



Spread the love

१८ माघ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ हजार ६७४ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

सोही अवधिमा नेपालमा ८ हजार २६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै, नेपालमा आज ९ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ७४ हजार ६५३ जना सक्रिय संक्रमित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्