Logo

देशभर थपिए ३६३७ कोरोना संक्रमित, १२ जनाको मृत्यु



Spread the love

१९ माघ, काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ हजार ५८२ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ६३७ जनामा कोरोना संक्रमण देखिएको हो।

त्यस्तै, ७ हजार ५५५ जना संक्रमणमुक्त हुँदा संक्रिय संक्रमितको संख्या ६९ हजार २९१ पुगेको छ।

कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ७० जना संक्रमित थपिएका छन् । काठमाडौंमा ८६८, भक्तपुरमा ८५ र ललितपुरमा ११७ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्