Logo

‘निर्णयबाट पछि हट्दैनौं’- सरकार



Spread the love

०५ बैशाख, २०७४- नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले संघर्षका कार्यक्रम सार्वजनिक गरे पनि सरकार आफ्नो निर्णयबाट पछि नहट्ने अधिकारीहरुले जनाएका छन्।

यातायात समितिहरुलाई साविक बमोजिम नवीकरण नगर्ने र सार्वजनिक यातायात संचालनका लागि कम्पनी ऐन अन्तर्गत दर्ता गर्नु पर्ने सरकारको निर्णयका विरुद्ध यातायात व्यवसायी महासंघले संघर्षका कार्यक्रम सार्वजनिक गरे पनि सरकारले उक्त निर्णयबाट पछि नहट्ने जनाएको छ।

उनीहरूले आन्दोलन गरे सवारीसाधन जफत गरेर चलाउने तथा समितिको खाता छानबिन गर्ने चेतावनी यातायात व्यवस्था विभागका महानिर्देशकले दिएका छन।

प्रतिक्रिया दिनुहोस्