Logo

एमाले-माओवादी एकता अनिश्चित



Spread the love

पार्टी एकतालाई अन्तिमरुप दिन बसेको नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षबीच भएको वार्ताले नयाँ रुप लिन नसकेपछि तिया गफमै सीमित भएको छ ।

वैशाख ९ मा गर्ने भनिएको पार्टी एकतालाई अन्तिम रुप दिन बिहीबार बालुवाटारमा भएको बैठकले ठोस निर्णय लिन नसकेपछि ९ गते हुने भनिएको एकता हाललाई टरेको छ ।

फाइल तस्विर:

दुई अध्यक्षबीच भएको वार्ताले सार्थक मोड लिन नसकेपछि अध्यक्षबीच वान टु वान वार्ता समेत अनिश्चित भएपछि पार्टी एकता हुने नहुनेमा आशंका पैदा भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

ती नेताले भने,

-हामी हदै लचिलो भएका थियौं ।

-तर, एमालेले आफ्नो अहम् र घमण्ड देखाएपछि पार्टी अध्यक्ष निरास भएर वार्ताबाट फर्किनुभएको हो ।

माओवादीले बराबरको हैसियत खोजेपछि वार्ता अनिश्चित बनेको एमालेका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्