Logo

क्यानडामाथि सानदार जित निकाल्दै नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा



Spread the love

९ फागुन, काठमाडाैँ । समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपाल आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको छ ।

समूह ‘बी’ को विजेताको हैसियतमा अन्तिम चारमा पुगेको नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्नेछ । सेमिफाइनलमा युएईलाई पराजित गरे नेपाल दोस्रो पटक टी–२० विश्वकपमा छनोट हुनेछ ।

यसअघि नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।

सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा ओमानले प्रस्तुत गरेको ८१ रनको लक्ष्य १४ ओभर १ बलमा दुई विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३७ बलमा तीन चौकासहित रन बनाएर अविजित रहे । यस्तै, दीपेन्द्रसिंह ऐरीले ३१ बलमा तीन चौकासहित अविजित २७ रन जोडे ।

प्रतिक्रिया दिनुहोस्