Logo

नेपालले विश्वकप खेल्न १७६ रनको विशाल लक्ष्य पायो



Spread the love

१० फागुन, काठमाडाैँ । आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेटस (युएई) ले नेपाललाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ ।

ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो । युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय इनिङ खेले । उनले ४८ बल खेल्दै चार चौका र चार छक्काको मद्दतमा ७० रनको योगदान दिएका हुन् ।

त्यस्तै भृत्य अरबिन्दले ४६ रन जोड्दा मुहमद उस्मानले १७, जवार फारिदले ११, रोहन मुस्तफा ९ रन तथा अहमेद राजा ६ रनमा अविजित रहे । नेपालका जीतेन्द्र मुखिया र अविनाश बोहराले ३÷३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले १ विकेट लिए । टी–ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपालका लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । यस खेलमा नेपाल विजयी भएमा विश्वकपको यात्रा तय गर्नेछ । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यसैबीच जितको लक्ष्यसहित उत्रेको नेपालले तीन विकेट गुमाइसकेको छ । अहिले ब्याटिङ गरिरहेको नेपालले तीन ओभरमा १८ रन बनाउँदा तीन विकेट गुमाएको हो । ओपनर कुशल भुर्तेल ७, आसिफ शेख शून्य र लोकेश बम शून्य रनमा आउट भए ।

प्रतिक्रिया दिनुहोस्