Logo

अन्तर्राष्ट्रिय कबड्डीमा नेपालको जित



Spread the love

६ चैत, काठमाडाैँ । बङ्गलादेशमा जारी बङ्गबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपालले इन्डोनेसियालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । बङ्गलादेशको ढाकामा आज भएको खेलमा नेपालले इण्डोनेसियालाई ४७–१८ ले पराजित गरेको हो । खेलमा नेपालका प्रदीप मिजार म्यान अफ दि म्याच चुनिए । अब नेपालले आफ्नो दोस्रो खेल भोलि इराकसँग प्रतिस्पर्धा गर्नेछ ।

मङ्गलबार नेपालले केन्यासँग खेल्नेछ । उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा इण्डोनेसिया, इराक र केन्या छन् । त्यस्तै समूह ‘ए’ मा आयोजक बङ्गलादेशसहित श्रीलङ्का, मलेसिया र इङ्ग्ल्याण्ड छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्