Logo

राष्ट्रपति भण्डारीद्वारा राजदूत डा.शर्मालाई पद तथा गोपनीयताको शपथ



Spread the love

११ चैत, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा.शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा परराष्ट्र मन्त्री डा.नारायण खड्का उपस्थित थिए ।

नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्